+
+

एमबाप्पेले ८ सेकेण्डमै गरे गोल, बनाए कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १०:१२

६ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का किलिएन एमबाप्पेले लिलविरुद्ध खेल सुरु भएको आठ सेकेण्डमै गोल गरेर कीर्तिमान बनाएका छन् । उनले फ्रेञ्च लिग वानमा सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन् ।

लिग वानमा यसअघि मिचेल रियोले पनि ८ सेकेण्डमै गोल गरेका थिए । केनबाट खेलेका उनले सन् १९९२ मा कान्सविरुद्धको खेलमा ८ सेकेण्डमै गोल गरेका थिए । आइतबाराति एमबाप्पेले त्यो कीर्तिमान बराबर गरेका हुन् ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिललाई ७-१ ले हराउँदा एमबाप्पेले ह्याट्रिक नै गरे । लिलको मैदान स्टेड पिअरे मौरेमा पीएसजीको लागि एमबाप्पेले ह्याट्रिक गरेको खेलमा नेमारले २ गोल तथा लियोनल मेस्सी र अच्रफ हाकिमीले १-१ गोल गरे ।

लगातार तीन खेल जित्दै पीएसजी ९ अंक जोडेर शीर्ष स्थानमा छ । मेस्सीको पासमा खेलको ८ सेकेन्डमै पहिलो गोल गरेका एबाप्पेले ६६ र ८७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले २७ औं, हाकिमीले ३९ मिनेटमा गोल गरे । नेमारले ४३ औं र ५२ औं मिनेटमा गोल गरे । ५४ औं मिनेटमा घरेलु टोलीका जोनाथन बम्बाले गोल सान्त्वना गोल फर्काए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?