
६ भदौ, काठमाडौं । चीनको तिब्बतस्थित नेपाली महावाणिज्यदूतावासले सिगात्से, केरुङ तथा न्यालम जस्ता व्यापारिक मार्गका सहरहरूमा पनि संक्रमण बढिरहेकाले व्यापारिक नाकाहरु बन्द भएको जानकारी दिएको छ । ती स्थानहरूमा पनि पूर्ण लकडाउन जारी रहेकाले ततकाल नका खुल्ने अवस्था रहेको दूतावासले जनाएको छ ।
‘नेपाल जान तयार भएका सामान/ट्रकहरूको बारेमा व्यापारी तथा ढुवानीकर्ताहरूसँग जानकारी लिने कममा चाहपर्व लक्षित तयारी सामाग्री, स्याउ, लसून, अन्य खाद्यान्न, विद्युतीय गाडी आदि जस्ता सामग्री चीनतर्फ तिब्बतका बिभिन्न स्थानमा रोकिए बसेको बुझिएको छ,’ दूतावासले भनेको छ, ‘ट्रकको संख्या यकिन गर्न नसकिए पनि करिब ५०/५५ को संख्यामा रहेको अनुमान छ ।’
चीनका अन्य शहरहरूमा पनि कोभिड संक्रमण देखिएकोले नेपाल जाने समान बोकेका गाडी ती सहरहरूमा पनि रोकिएको हुनसक्ने अवस्था रहेको दूतावासले एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
तिब्बतमा हाल स्वास्थ्य क्षेत्र जस्तो अत्यावश्यक क्षेत्र बाहेकका सरकारी कार्यालयहरू बन्द रहेको छ र महावाणिज्य दूतावासले सम्बन्धित विभागहरूसँग सम्पर्क गरी व्यापारिक नाकाको बारेमा सूचना संकलन गर्ने प्रयास गरिरहेको तर लकडाउनका कारण तिब्बत वाणिज्य विभाग र परराष्ट्र कार्यालयसँग सम्पर्क हुन कठिनाई भएको जानकारी दिएको छ ।
‘लकडाउन जारी भएको बखत पनि कोभिड प्रोटोकल पालना गरेर ट्रक ढुवानी गर्ने व्यवस्थाका लागि अनुरोध गरिएको छ । तर हालकोभिड संक्रमण बढ्दो क्रममा रहेको र ल्हासा, सिगात्से, न्यालम, केरूङ आदि स्थानमा पूर्णरूपमा बन्दाबन्दी रहेकोले नाका तत्कातै खुल्ने सम्भावना कम देखिएको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
रसुवा तथा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा भन्सार प्रमुखलाई महावाणिज्य दूतावासले विच्याटमार्फत तिब्बतमा कोभिड संक्रमणको अवस्थाबारे जानकारी गराइरहेको भन्दै दूतावासकोको अनुरोधमा बेइजिङस्थित नेपाली राजदूतावासले अत्यावश्यक सामग्री नेपाल ढुवानी गर्ने सम्बन्धमा चीनको सम्बन्धित निकायसँग पहल गर्ने बताएको विज्ञप्तिमा उल्लेख छ ।
दूतावासका अनुसार अन्य सहरबाट तिब्बत आउन खोज्ने नेपालीलाई तत्काल नआउन सूचना गरिएको छ । नियोगले नियमित रूपमा तिब्बतमा रहेका नेपालीहरूसँग टेलिफोन सम्पर्क गरिरहेको छ एवं आˆनो सेवा टेलिफोन र अनलाइनमार्फत प्रदान गरेको छ ।
प्रतिक्रिया 4