+
+

पशुसेवा विधेयकको विरोधमा उत्रिए पशु चिकित्सक

आर्यन धिमाल आर्यन धिमाल
२०७९ भदौ ६ गते १९:२८

६ भदौ, काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पशु चिकित्सकहरु आन्दोलित भएका छन् । सोमबार दिउँसो काठमाडौंको नयाँ बानेश्वरमा उनीहरुले सिठ्ठी जुलुस गर्दै कृषिमन्त्री विरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले माइतीघरबाट नयाँ बानेश्रसम्म जुलुस निकाल्दै बानेश्वरमा कृषिमन्त्रीविरुद्ध नाराबाजी गरे ।

आन्दोलनरत पशु चिकित्सक डा. राकेश चन्दका अनुसार पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिकबीच सामान्य भिन्नतासमेत नदेखिने गरी विवादित विषय सम्बोधन नगरी विधेयक पास गरेको भन्दै नेपाल भेटेरिनरी एशोसिएसनको आह्वानमा पशु चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।

डा. चन्दले भने ‘देशभरि एक हजार ६ सय पशुचिकित्सक छन् । उनीहरुलाई पनि सिटीईभीटीबाट पशु प्राविधिक तालिम लिएका सरह व्यवहार गर्ने सरकारको दृष्टिकोण बदल्नुपर्छ । प्रहरी जवान र प्रहरी अधिकृतबीच फरक हुन्छ भने पशु सम्बन्धी तालिम लिएका र विशेष ज्ञान हासिल गरेका बीच सरकारले किन फरक देख्दैन ।’

सरकारले देशभरिका पशु चिकित्सकलाई काम छाड्न बाध्य बनाउन खोजेको चन्दले बताए । उनीहहरुले विधेयक फिर्ता नगरे आन्दोलन चर्काउने समेत बताएका छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?