+
+

लखनऊबाट ७ नेपालीसहित ११ बालकको उद्दार

मानव तस्करीमा संलग्न ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १२:३३

७ भदौ, वीरगञ्ज । भारतको उत्तरप्रदेशको राजधानी लखनऊबाट ७ जना नेपालीसहित ११ जना बालकको उद्दार गरिएको छ । दिल्लीमा बाल मजदूरीका लागि लैजाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरिएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू)ले जनाएको छ ।

बिहार राज्यको राजधानी सहर पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर उनीहरुको उद्दार गरिएको थियो । उनीहरुलाई बालश्रम गराउन लैजाने कार्यमा संलग्न ६ जना पनि (एएचटीयू)को नियन्त्रणमा छन् ।

दिल्लीमा बालश्रमका लागि लैजाँदै गरिएका ११ जना बालकको उद्दार गर्न सफल भएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू) रक्सौलका इञ्चार्ज वरिष्ठ निरीक्षक मनोज कुमार शर्माले जानकारी दिए ।

‘ पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर १० देखि १२ वर्ष उमेरका बालकको उद्दार गर्न सफल भएका छौं । दिल्लीमा निकृष्ट बालश्रममा लगाउन उनीहरुलाई लगिदै थियो,’ उनले भने, ‘ खेल्ने, कुदने, पढ्ने उमेरका यस्ता बालकहरुलाई दिल्ली लगेर १६ घण्टासम्म फ्याक्ट्रीमा काममा लगाइन्छ । जबकी उद्दार गरिएका बालकलाई कहाँ र किन लैजाँदै गरेको भन्ने पनि थाहा थिएन ।’

देशको राजधानी सहर दिल्ली बाल मजदूरीको सबैभन्दा ठूलो गढ बनेको र देशका विभिन्न भागबाट बाल मजदूर लैजाने गरिएको उनको भनाइ छ ।

उद्दार गरिएका ११ जना बालकलाई चाइल्ड लाइन केयर लखनऊमा राखिएको छ भने ६ जना मानव तस्करलाई कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको एएचटीयु रक्सौलका इञ्चार्ज वरिष्ठ निरीक्षक शर्माले जानकारी दिए ।

उद्दार कार्यमा एएचटीयु लखनऊका इन्सपेक्टर अजय प्रकाश मिश्रा, चाइल्ड लाइन केयरका संगीता शर्मा लगायत संलग्न भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?