+
+

ह्याकरको निशानामा आइफोन र आइप्याड, एप्पलले जारी गर्यो चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १२:५५

काठमाडौं । एप्पलले आफ्ना विभिन्न प्रडक्टहरुका विषयमा चेतावनी जारी गरेको छ । एप्पलका अनुसार आइफोन, आइप्याड तथा म्याक ह्याकरको निशानामा परेका छन् ।

एप्पलका अनुसार उल्लेखित डिभाइसहरुको अपरेटिङ सिस्टममा एक बग भेटिएको छ जसको गलत फाइदा ह्याकरहरुले उठाउन सक्ने जोखिम छ ।

साथै एप्पलले आफ्ना प्रयोगकर्तालाई डिभाइसको इमर्जेन्सी अपडेटलाई तुरुन्त अपडेट गर्न पनि भनेको छ । नयाँ अपडेटसँगै बगलाई निस्तेज पारिएको पनि एप्पलले जनाएको छ ।

उक्त बगको कारण आइफोनका ६ एस मोडेलसँगै आइप्याड ५ र त्यसपछिका संस्करण, आइप्याड एयर टु र त्यसपछिका संस्करण, आइप्याड मिनी ४ र त्यसपछिका संस्करण, आइप्याड प्रोका सबै मोडेल र सातौं संस्करणको आइपोड टच समेत प्रभावित भएको एप्पलले जानकारी दिएको छ ।

उक्त बगको फाइदा उठाएर ह्याकरले कुनै पनि आइफोन तथा आइप्याड ह्याक गर्नसक्ने एप्पलले जनाएको छ । एप्पलका अनुसार ह्याकरहरु उक्त बगको सहयोगबाट वेब ब्राउजरका माध्यमले फोनमा छिर्न सक्दछन् । उक्त बगको सहयोगले म्याक कम्प्युटरलाई पनि सजिलै ह्याक गर्न सकिन्छ ।

स्मरण रहोस् गत मे महिनामा भारतको इण्डियन कम्प्युटर इमरजेन्सी रेस्पोन्स टिमले आइफोन प्रयोगकर्ताका लागि चेतावनी जारी गरेको थियो । जसमा आईओएस १५.५ अपरेटिङ सिस्टम भएका आइफोन प्रयोगकर्ताहरु ह्याकिंगको जोखिममा रहेको बताइएको थियो ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?