+
+

भारतीय सेनाध्यक्ष पाण्डे १९ भदौमा नेपाल भ्रमणका लागि आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १९:२७

७ भदौ, काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे १९ भदौमा ५ दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने भएका छन् ।

नेपाल–भारत दुवै मुलुकका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा छ । त्यसैका लागि उनी काठमाडौं आउन लागेका हुन् ।

पाण्डेको नेपाल भ्रमण पाँच दिने हुने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले अनलाइनखबरलाई बताए । ‘अझै समय बाँकी रहेकाले यहाँका कार्यक्रमहरु तय भइसकेका छैनन्’ सहायक रथी सिलवालले भने ।

यसअघि २० कात्तिक २०७७ मा पाण्डे अघिका भारतीय सेनाध्यतक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए । पाण्डे अब नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १९ औं भारतीय सैन्य अधिकारी बन्नेछन् ।

पाण्डेले नेपाल भ्रमणका बेला काठमाडौंका ऐतिहासिक सम्पादा र पशुपतिनाथको पनि दर्शन गर्ने भनिएको छ । नेपाली सेनाका अनुसार सन् १९५० देखि नेपाल र भारतबीच एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने चलन रही आएको छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए ।

दुई मुलुकका सेना प्रमुखबीच महारथीको सम्मान दिने चलनले दुई देशका सैनिकबीच घनिष्ठ सम्बन्ध रहेको देखाउने सैन्य मामलाका जानकारहरु बताउँछन् । भारतीय सेनाध्यक्ष नरवणेले नेपालले ‘कसैको इसारामा सीमा सम्बन्धी विषय उचालेको’ सार्वजनिक टिप्पणी गरेपछि उनको आलोचना भएको थियो । र, उनलाई महानार्थ महारथीको सम्मान नदिन माग उठेको थियो ।

भारतीय स्थल सेनाको सर्वोच्च पदमा पुग्ने पाण्डे पहिलो इञ्जिनियर हुन् । यसअघि भारतीय सेनाको प्रमुख इनफेन्ट्री, आर्मर्ड र आर्टिलरीका अधिकारीहरु मात्रै हुने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?