+
+

केदार खड्काको पुस्तक ‘प्राकृतिक भोजन स्वस्थ जीवन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते २०:००

८ भदौ, काठमाडौं। पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष केदार खड्काद्वारा लिखित तेस्रो कृति प्राकृतिक भोजन स्वस्थ जीवन सार्वजनिक भएको छ ।

पतञ्जली योग समिति भक्तपुरको १६औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित एक समारोहमा खड्काद्वारा लिखित तेस्रो कृति प्राकृतिक भोजन स्वस्थ जीवन लोकार्पण गरिएको हो ।

पतञ्जली योग समिति नेपालका मूख्य केन्द्रिय प्रभारी लवदेव मिश्रलगायत विशेष अतिथिहरू साद्वी देवकृपा, महिला सह केन्द्रिय प्रभारी अर्चना घिमिरे र बागमती प्रदेशका प्रमूख ग्रोविन तौजलेले पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि मिश्रले सम्पूर्ण नेपालीलाई स्वस्थ राख्ने अभियानलाई सफल र सार्थक बनाउन भक्तपुर जिल्लाबाट पुस्तकका लेखक खड्का र उनका साथीहरुले मिलेर विगत एक दशकदेखि प्रयत्न गरिरहेका बताए ।

पुस्तकमा हाम्रो घर वरिपरी भएका तरकारी, फलफूल, अन्न, हाम्रो भान्छाको मसला आदिलाई सही तरिकाले खान सके यसले औषधिको काम गर्ने र गलत तरिकाले खायो भने मन्द विषको काम गर्ने भएकाले सधै प्राकृतिक भोजन गर्न लेखकले पुस्तकमार्फत सबैलाई उत्प्रेरित गरेका मुख्य केन्द्रिय प्रभारी मिश्रले प्रष्ट्याए ।

लेखकले आफ्ना स्वर्गीय बुबा इन्द्रबहादुर खड्का र स्वर्गीय आमा सान्नानी खड्कामा समर्पण गरेको उक्त पुस्तकको प्रकाशन कमला खड्काले गरेकी छन् ।
कोभिड महामारीले विश्वलाई गाँजेको बेलामा संसारभरका मानिस एक आपसमा त्रसित भएर बसे । तर ती दिनहरुमा आफूले पनि यस पुस्तकको रचना गरेको लेखक खड्काले स्मरण गरे ।

उनले भने, ‘मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढी भयो भने कुनै पनि रोगले केही गर्न सक्दैन भन्ने पाठ आम मानिसलाई कोभिडले सिकायो । राग प्रतिरोधात्मक क्षमता बढाउन नियमित व्‍यायाम, उचित भोजन र तनाव व्‍यवस्थापन जरुरी रहेको आफूले पाएकाले पुस्तकमा प्राकृतिक भोजनका बारेमा जानकारी दिने प्रयास आफूले गरेको छु।’

हामीले खाएको भोजनले शरीरलाई मात्र नभई मन र विचारलाई पनि सिधा प्रभाव पार्ने खड्काको भनाइ छ । उनले भने, ‘हामीले हाम्रो गाडी र मोटरसाइकलमा हाल्ने पेट्रोल त कहाँ शुद्ध पाइन्छ भनेर खोजी हिँड्छौं भने जीवन नै चलाउने शरीरमा चाहि जस्तो भोजन खाए पनि हुन्छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?