+
+

अस्पतालबाट भागेका कैदी लुभुमा पक्राउ, छानबिन गर्न एसपीको नेतृत्वमा समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते ११:३२

९ भदौ, काठमाडौं । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएका बेला फरार भएका नख्खु कारागारका कैदी लुभुबाट पक्राउ परेका छन् ।

बुधबार अपरान्ह उपचार लागि लगिएका बेला फरार भएका कैदी ३१ वर्षका भोला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीले अनलाइनखबरलाई बताए ।

जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो । कारागार प्रशासनका अनुसार बुढथोकी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका व्यक्ति हुन् । उनीले ९ वर्ष जेल सजाय भोगिरहेका थिए ।

कारागारभित्र बसेका मध्ये असलचालचलन भएका मध्येले जेल सजायमा माफी मिनाहाको सुविधा पनि पाउन सक्थे । ‘तर यो घटनापछि उनले यस्तो खाले सुविधा पाउने छैनन्’ जेलर बुढथोकीले भने, ‘उनीमाथि थप कारबाही पनि हुनेछ ।’

उनको आँखामा समस्या देखिएपछि नेपाल आँखा अस्पताल, तिलगंगामा लामो समयसम्म उपचार भएको थियो । पछिल्लो समय उनी त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य जाँच गराइरहेका थिए । त्यही क्रममा अस्पतालबाट उनी हत्कडीसहित भागेका थिए ।

कारागारका कैदी कसरी भागे भन्ने विषयलाई लिएर छानविन गर्न प्रहरीले ललितपुरका एसपी देवेन्द्र पालको नेतृत्वमा चार सदस्यीय छानविन समिति पनि बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?