+
+

जसपा निकट समाजवादी युवा संघको अध्यक्षमा हेमन्त राई

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १४:३९

९ भदौ, काठमाडौं  । जनता समाजवादी पार्टी नेपालको भ्रातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा हेमन्त राई चयन भएका छन । जनकपुर र काठमाडौं गरि दुई चरणमा सम्पन्न राष्ट्रिय भेलाले समाजवादी युवा संघको नयाँ नेतृत्वमा राईलाई चयन गरेको हो ।

समाजवादी युवा संघको केन्द्रीय नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हेमन्त राई आदिवासी जनजाति युवा महासंघको केन्द्रीय अध्यक्ष, किरात राई यायोक्खाको केन्द्रीय सचिव तथा शैक्षिक विभाग प्रमुखमा सक्रिय रहेका छन ।

सात वटै प्रदेश र क्षेत्र समेटेर समाजवादी युवा संघको २५ सदस्यीय केन्द्रीय पदाधिकारी सहित ६१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गरिएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा सञ्जीव कुमार यादव, निरज प्रधान, जितेन्द्र महरा तथा उपाध्यक्षमा असलम खान, श्याम शिल्पकार, दिनेश पटेल, शिवराम यादव र मुकेश कुशवाह चयन भएका छन ।

दीलिप पटेल महासचिवमा चुनिएका छन भने उप-महासचिवमा आतिश कुमार सिंह यादव, रेणु सिंह, रंजित गोस्वामी, अशोक मण्डल र सरोज यादव तथा संघको कोषाध्यक्षमा मनकला लिम्बु चयन भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?