+
+

पार्किङ खाली गराउने महानगरको अभियानलाई यातायात व्यवसायीको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १५:१७
फाइल तस्वीर

९ भदौ, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भूमिगत पार्किङ खाली गराउने काठमाडौं महानगरपालिकाको अभियानको समर्थन गरेको छ । व्यावसायिक भवनका भूमिगत पार्किङलाई प्रयोजन विपरीत नक्सा मिचेर राखिएका पसल हटाउनै पर्ने महासंघको भनाइ छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला महानगरपालिकाले थालेको अभियानले सडकमा ट्राफिक जाम घटाउन मद्धत पुग्ने बताए । ‘निजी भवनका पार्किङमा पसल राखेपछि सवारी सडकमा पार्क हुन्छ, उनले भने, ‘यसले गर्दा सडकमा सवारी र यात्रुको आवागमन प्रभावित हुँदै आएको छ ।’

सबै पार्क खुलाएमा ट्राफिक जामको समस्या ३० प्रतिशतसम्म घट्ने सिटौलाको दाबी छ । महानगरले यो अभियान धेरै अघि सुरु गर्नुपर्ने भन्दै सिटौलाले कसै न कसैले सुरु गर्नै पर्ने अभियान मेयर बालेन साहले सुरु गरेको बताए ।

‘जे चिज जुन प्रयोजनका लागि भनेर तोकिएको हुन्छ, त्यसैमा हुनुपर्छ,’ उनी भन्छन्, ‘निजी सवारीलाई पार्किङ गर्न समस्या पर्दा त्यसको असर सार्वजनिक सवारीलाई समेत परेको छ, त्यसले सार्वजनिक यातायातको यात्रमा कष्ट थपेको छ ।’

यो अभियानले काठमाडौंको सडक र सवारी व्यवस्थापनमा सहजता आउने महासंघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?