+
+

सासु कुट्ने २ बुहारीमाथि मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १९:५३

९ भदौ, धनगढी । अछाममा सासुमाथि अमानवीय व्यवहार गर्दै कुटपिट गरेको आरोपमा पक्राउ परेका बुहारीविरुद्ध प्रहरीले अमानवीय व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी उनकी बुहारी ३० वर्षीय देवसरा न्यौपाने र ३५ वर्षीया धर्मा न्यौपानेविरुद्ध अमानवीय व्यवहारको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले बुधबार पक्राउ गरिएकी न्यौपानेकी दुवै बुहारीविरुद्ध अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जानकारी दिए । उनकाअनुसार प्रष्टसँग बोल्न नसक्ने जैसरामाथि घरायसी विषयलाई लिएर अभद्र व्यवहार गर्दै दुवै बुहारीले कुटपिट गरेको पाइएको छ ।

प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा उनलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि बुधबार दुवैलाई पक्राउ गरेको थियो । जैसराको मानसिक सन्तुलन ठीक नभएको दाबी झुठा भएको बताउँदै प्रहरीले प्रष्टसँग बोल्न नसक्ने अवस्थाकी भने रहेको जनाएको छ ।

उनका श्रीमान भने पूर्ण शारीरिक अपाङ्गता भएका व्यक्ति हुन् । प्रहरीलाई दिएको प्रारम्भिक बयानमा दुवै बुहारीहरुले ससुरालाई दुःख दिने गरेकाले कुटपिट गरेको उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?