+
+

काठमाडौंका ३२ वडामै भूमिगत पार्किङको अनुगमन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते ११:५४

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङमा अवैध रुपमा चलिरहेका पसलहरुको अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरुलाई दिएको छ । वडा कार्यालयहरुले अनुगमन गरेर रिपोर्ट दिने र हटाउनका लागि सूचित समेत गर्ने गरी महानरले योजना बनाएको हो ।

अहिले काठमाडौंको सीमित क्षेत्रमा मात्रै चलिरहेको यस्तो अभियानलाई ३२ वटै वडासम्म विस्तार गर्ने गरी अनुगमन थाल्न महानगरका मेयर बालेन साहले वडाध्यक्षहरुलाई भनेका छन् ।

महानगरका एक अधिकारीका अनुसार वडा कार्यालयले दिएको रिपोर्टअनुसार अवैध संरचना र भूमिगत पार्किङमा चलेका पसलहरु हटाउने महानगरको तयारी छ ।

‘काठमाडौंमा करिब २८६ वटा भूमिगत पार्किङका लागि नम्सा पास भएका भवनहरु छन्,’ ती महानगरका एक अधिकारीले भने,’ती भवनहरुबारे वडाले अवस्था हरेर विवरण संकलन गर्ने र त्यसअनुसार कारवाही गर्ने गरी निर्देशन भएको छ ।’

वडा कार्यालयहरुलाई पनि यसमा जिम्म्ेवार बनाउने गरी योजना बनेको हो । कतिपय वडाध्यक्षले आफूहरुलाई जानकारी नदिई डोजर चलाएको आपत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?