+
+

सन्तोषकुमार मण्डलले पाए लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति  

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १७:३०

काठमाडौं । महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा ८ मा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित जेहेन्दार छात्रवृत्तिबापत ५० हजार रुपैयाँ मण्डलले पाएका हुन् ।

बैंकका संस्थापक तथा मनकामना दर्शन प्रालिका सञ्चालक राजेशबाबु श्रेष्ठले मण्डललाई उक्त छात्रावृत्ति रकम हस्तान्तरण गरेका हुन् ।

धनुषाको धवौली स्थायी घर भएका सन्तोषकुमार मण्डलको आर्थिक अवस्था कमजोर भएकोले उनको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले उक्त छात्रावृत्ति रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै राजेशबाबु श्रेष्ठले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने बताए ।

शिक्षा, स्वस्थ्य, दैवी प्रकोप, संस्कृति प्रवद्र्घन लगायतका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोर्खा र चितवनमा विभिन्न कार्यक्रम गर्दै आएको मनकामना दर्शन प्रालिले आगामी दिनमा काठमाडौंमा पनि त्यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिवद्धता जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताउँदै विद्यार्थीको शैंक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?