+
+

सौराहामा महालक्ष्मी विकास बैंकको दुई दिने गोष्ठी सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १३:४९

काठमाडौं । महालक्ष्मी विकास बैंकले चितवनको सौराहामा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी, शाखा प्रबन्धक लगायतको सहभागितामा ‘नेतृत्व/सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता’ नामक दुई दिने गोष्ठी सम्पन्न भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२६–२७ फागुनसम्म सञ्चालन भएको गोष्ठीमा हाल अर्थतन्त्रमा देखिएको मन्दी र नकरात्मकता बीच आगामी दिनहरुमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको बैंकले जनाएको छ ।

मन्दी लगायत अर्थतन्त्रमा देखा परेको नकरात्मक अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरुको सामूहिक प्रयत्न आवश्यक रहने निष्कर्ष गोष्ठीको थियो ।

साथै आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको बैंकको भनाइ छ ।

गत २८ पुसमा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?