+
+
Shares

महालक्ष्मी विकास बैंकलाई इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालक्ष्मी विकास बैंकले इन्डियन चेम्बर अफ कमर्सद्वारा प्रदान गरिने प्रतिष्ठित राइजिङ स्टार ग्रोथ अवार्ड प्राप्त गरेको छ।
  • नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड कार्यक्रममा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।
  • डिजिटल बैंकिङ, वित्तीय पहुँच र उत्तरदायी बैंकिङ सेवामा उत्कृष्ट कार्य गरेबापत बैंकले यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो।

१० साउन, काठमाडौं । महालक्ष्मी विकास बैंकले इन्डियन चेम्बर अफ कमर्सबाट प्रतिष्ठित अवार्ड पाएको छ । बैंकले ‘राइजिङ स्टार ग्रोथ’ अन्तर्गतको विधामा सम्मान पाएको हो ।

गत वर्ष बैंक ‘सम्पत्ति गुणस्तर’ अन्तर्गत समेत सम्मानित भएको थियो । जुलाइ २४ मा नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्डस’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको छ। बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रींलका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरूको सहभागिता रहेको थियो ।

बैंकले डिजिटल बैंकिङ सेवामा विस्तार, नविन वित्तीय उत्पादनहरूको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँचमा अभिवृद्धि तथा उत्तरदायी बैंकिङमा उत्कृट कार्य गरेबापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्ड प्राप्तीसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?