+
+
Shares

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित योजनाहरू सार्वजानिक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १९:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८३ लाई डिजिटल प्रवद्र्धन वर्षको रुपमा मनाउँदै मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि गोलाप्रथाको आयोजना गरेको छ।
  • बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताले पाउने रिवार्ड पोइन्टलाई प्रवद्र्धन गर्दै प्ले स्टोर र एप्स स्टोरबाट डाउनलोड गर्न सकिने एपमार्फत पोइन्ट प्रयोग गर्न सकिने व्यवस्था गरेको छ।
  • नयाँ वर्ष २०८३ को अवसरमा महालक्ष्मी विकास बैंकले सुलभ ब्याजदरमा २ वर्षदेखि ३० वर्ष अवधिसम्मको घरकर्जा योजना सञ्चालनमा ल्याएको छ।

३० चैत, काठमाडौं । ग्राहकलाई आधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न योजना सार्वजानिक गरेको छ ।

वर्ष २०८३ लाई डिजिटल प्रवद्र्धन वर्षको रुपमा मनाउने बैंकको योजना अनुरुप मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत बैंकका सबै सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ प्लेटफर्म मार्फत वैशाख महिनाको पहिलो साता कम्तीमा एक सफल कारोबार गरेको अवस्थामा गोलाप्रथा मार्फत ३ जना प्रयोगकर्ताले आकर्षक भ्रमण प्याकेज जित्न सक्नेछन् । विजेता ३ जना प्रयोगकर्ताले आन्तरिक पर्यटन अन्तर्गत पोखरा, चितवन र मनकामना आफ्नो जोडी सहित भ्रमण गर्न पाउनेछन् ।

साथै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न डिजिटल कारोबार गरे बापत पाउने रिवार्ड पोइन्टलाई अझ प्रवद्र्धन गर्नेछ । मोबाइल बैंकिङ प्रयोगकर्ताले प्राप्त गर्ने फोन पोइन्ट रिवार्ड एपमा जम्मा हुनेछ । यो एप प्ले स्टोर तथा एप्स स्टोर मार्फत डाउनलोड गर्न सकिनेछ । यस्तो रिवार्ड पोइन्ट निश्चित शर्तभित्र रही ग्राहकले विभिन्न सामान खरिद गर्दा तथा अन्य कार्यमा प्रयोग गर्न सक्नेछन्।

नयाँ वर्ष २०८३ कै अवसरमा बैंकले सुलभ ब्याजदरको घरकर्जा समेत सञ्चालनमा ल्याएको छ । महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी कर्जा प्रदान गर्नेछ । यस्तो कर्जाको ब्याजदर ७ वर्ष अवधिको लागि स्थिर समेत रहने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?