+
+
Shares

महालक्ष्मी विकास बैंकले फेवाताल किनारमा गर्‍यो पदयात्रा कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालक्ष्मी विकास बैंकले फेवाताल किनारमा वातावरण, संस्कृति र सम्पदा संरक्षणका लागि पदयात्रा सञ्चालन गरेको छ।
  • बैंकले फागुन २४ र २५ गते वार्षिक कार्यक्रम अन्तर्गत दुई दिने कार्यशाला आयोजना गरेको थियो।
  • बैंकका १०३ शाखा कार्यालय र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहक छन्।

२७ फागुन, पोखरा । महालक्ष्मी विकास बैंकले वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैकिङ प्रवर्द्धनप्रति आफ्नो प्रतिबद्धता जनाउँदै पोखराको फेवाताल किनारामा पदयात्रा सञ्चालन गरेको छ ।

दिगो वित्तीय अभ्यास अपनाउनुपर्ने सन्देश आम जनमानसमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण रहेको फेवाताल किनारमा सामुहिक रुपमा पदयात्रा कार्यक्रम गरिएको बैंकले जनाएको छ।

ग्राहकलाई सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको यस विकास बैंकले फागुन २४ र २५ गते वार्षिक कार्यक्रम अन्तर्गत दुईदिने कार्यशाला आयोजना गरेको हो ।

उत्साहजनक सहभागिताका साथ सम्पन्न दुई दिने कार्यक्रममा बैंकले आर्थिक वर्ष २०८२/८३ को हालसम्मको समग्र वित्तीय अवस्था र हालै सम्पन्न सफल निर्वाचनपछिको अवस्थाबारे विश्लेषण भएको थियो ।
बैंकले विगत ३१ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

बैंकका १०३ शाखा कार्यालय र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?