+
+
Shares

महालक्ष्मी विकास बैंक ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण ३’ विजेतालाई पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १४:३८

५ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसमा ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ सञ्चालन गर्दै आइरहेकोमा यस वर्ष संस्करण ३ सम्पन्न गरेको छ ।

११ भदौदेखि ३१ असोजसम्म विभिन्न फोटो संकलन गरिएको थियो । प्रतियोगितामा सहभागी हुन स्थानीय साना तथा मझौला व्यापार झल्कने फोटो खिचेर पठाउनुपर्ने नियम थियो ।

प्रतियोगितामा समावेश सम्पूर्ण फोटो उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसाय मार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए । प्रतियोगिताको मूल्यांकनका लागि ३ सदस्यीय निर्णायक समितिले १५ उत्कृष्ट फोटो छनोट गरेको थियो ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रथम, द्वितीय तथा तृतीय स्थान र पब्लिक च्वाइस अवार्ड हासिल गर्ने प्रतियोगीलाई पुरस्कार वितरण गरिएको हो ।

प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य दोस्रो र देवानन्द पोखरेल तेस्रो भएका छन् । विजेताले प्रमाणपत्रका साथमा क्रमश: २५ हजार, २० हजार र १५ हजार नगद प्राप्त गरेको बैंकले जनाएको छ ।

पब्लिक च्वाइसमा सबैभन्दा बढी भोट प्राप्त गरी शर्मनराज भण्डारीले पब्लिक च्वाइस अवार्ड जिते । उनले प्रमाणपत्र साथ १० हजार नगद प्राप्त गरे । यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकका तर्फबाट उत्कृष्ट १५ प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । यस संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशिसमेत वृद्धि गरिएको थियो ।

यस्ता कार्यबाट स्थानीय व्यवसाय, उद्यमशीलता, स्थानीय कला प्रवर्द्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?