News Summary
Generated by OK AI. Editorially reviewed.- महालक्ष्मी विकास बैंकले चैत २ देखि ८ गतेसम्म ग्लोबल मनी विकको अवसरमा साताव्यापी वित्तीय साक्षरता, र्याली तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
- बैंकका विभिन्न शाखा तथा प्रादेशिक कार्यालयले विद्यार्थी र युवामा बचत, कर्जा, लगानी, वित्तीय सेवा लगायत विषयमा जानकारी गराएको छ।
- नेपालगंज शाखाले ग्लोबल मनी विक २०२६ को अवसरमा युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ।
८ चैत, काठमाडौं । महालक्ष्मी विकास बैंकले चैत २ देखि ८ गतेसम्म साताव्यापी रुपमा ग्लोबल मनी विकको अवसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
यो अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी शाखा तथा प्रादेशिक कार्यालयबाट वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरिएको बैंकले जनाएको छ ।
साताव्यापी अभियान अन्तर्गत बैंकका दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, विजयपुर पोखरा, वीरगन्ज, धनगढी, सूर्यपुरा, डडेलधुरा, लाहान, बीचबजार, मंगलसेन, चिप्लेढुङ्गा लगायतका शाखा कार्यालय तथा प्रादेशिक कार्यालयले विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरताका कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
‘स्मार्ट मनी टक्स’ भन्ने मुल नाराका साथ देशभरि आयोजना गरिएको कार्यक्रममा एक हजारभन्दा बढीको सहभागिता रहेको थियो । बैंकका अनुसार उक्त कार्यक्रमहरूमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुहरुमा जानकारी गराइएको छ ।
नेपाल राष्ट्र बैंक लगायतका विभिन्न संस्थाहरुले आयोजना गरेको वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रमहरुमा समेत बैंकले उत्साहजनक रुपमा सहभागिता जनाएको छ ।
ग्लोबल मनी विक २०२६ को अवसर पारेर यस बैंकको नेपालगंज शाखाले युद्ध संस्कृत माध्यमिक विद्यालय बाँकेमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री समेत वितरण गरेको छ ।
प्रतिक्रिया 4