News Summary
Generated by OK AI. Editorially reviewed.- महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारणसभाले १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
- साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ।
- नवनिर्वाचित ६ सञ्चालकमध्ये राजेश उपाध्यायलाई अध्यक्ष चयन गरिएको छ।
२२ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारणसभाले यसअघि सञ्चालक समितिबाट घोषित लाभांश पारित गरेको छ । बैंक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमबार साधारणसभा सम्पन्न भएको छ ।
सभाले सेयरधनीलाई १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो । हाल कायम रहेको चुक्ता पूँजीको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ५ प्रतिशत बोनस सेयर वितरण हुनेछ । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै साधारणसभाबाट असार मसान्तसम्मको वासलात, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाव एवम् सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् ।
आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा बैंकको आधार दर ९.३९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ । साथै पूँजीकोष पर्याप्यता अनुपातमा उल्लेख्य सुधार भई १४.९३ प्रतिशतबाट वृद्धि भई १७.०६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैकको निक्षेप ५६.२२ अर्ब रहेको छ भने कर्जा तथा सापटी ४७.२१ अर्ब रहेको छ ।
साथै यस बैंकको नियमावली बमोजिम ६ जना सञ्चालक निर्वाचित भएका छन् । जसमा सस्ंथापक शेयरधनीबाट राजेश उपाध्याय, संजय गिरी रसागर मल्ल छन् ।
सर्वसाधारण शेयरधनीबाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले राजेश उपाध्यायलाई अध्यक्षको रुपमा चयन गरेको छ ।
प्रतिक्रिया 4