+
+
Shares

पूर्वमाओवादी नेता एवम् पूर्वमन्त्री उमेश यादव जसपा नेपालमा प्रवेश

तत्कालीन माओवादी जनसरकार प्रमुख उमेश प्रसाद यादव २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । ०७४ को निर्वाचनमा भने उनी उपेन्द्र यादवसँग पराजित भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १०:५८

२२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री उमेश प्रसाद यादव जसपा नेपालमा प्रवेश गरेका छन् । सप्तरी निवासी यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरे ।

तत्कालीन माओवादी जनसरकार प्रमुखसमेत बनेका यादव पूर्वलडाकु हुन् ।

उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्री समेत बनेका थिए ।

०७४ को निर्वाचनमा भने उनी सप्तरी ३ बाट उपेन्द्र यादवसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?