News Summary
Generated by OK AI. Editorially reviewed.- महालक्ष्मी विकास बैंकले भारतको नयाँ दिल्लीमा आयोजित इन्डिया बिजनेस अवार्ड २०२५ मा 'एक्सिलेन्स इन बैंकिङ इनोभेसन एन्ड कस्टुमर डिलाइट' विधामा अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
- बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सेवा उपलब्ध गराइरहेको र दुई देशबीच सीमा–पार वित्तीय सेवा प्रवद्र्धन गर्दै आएको जनाएको छ।
- बैंकले अवार्ड प्राप्तसँगै नेपाल र भारतबीच बैंकिङ सम्बन्ध मजबुत बनाउन र सीमा–पार व्यापार तथा रेमिट्यान्स अभिवृद्धि गर्न सहयोग पुग्ने बताएको छ।
२२ मंसिर, काठमाडौं । महालक्ष्मी विकास बैंक ‘एक्सिलेन्स इन बैंकिङ इनोभेसन एन्ड कस्टुमर डिलाइट’ विधामा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराइरहेको यस बैंकले डिसेम्बर ७ मा भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बीच अवार्ड ग्रहण गरेको हो ।
इन्डिया बिजनेस अवार्ड २०२५ कार्यक्रम मार्फत बैंकलाई उक्त अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको हो । बैंकको तर्फबाट वरिष्ठ अधिकृतहरूले उक्त सम्मान ग्रहण गरे ।
ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैकिङ सेवामा नवप्रवर्तनका कार्य गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा उत्कृष्ट कार्यवापत उक्त अवार्ड प्राप्त भएको बैंकले जनाएको छ ।
बैंकले दुई देश बीच सीमा–पार वित्तीय सेवालाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्दै आएको छ । ‘यस अवार्ड प्राप्तसँगै थप सहज हुने तथा नेपाल र भारतबीच बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिट्यान्स अभिवृद्धि गर्न सहयोग पुग्ने छ’ बैंकले भनेको छ ।
प्रतिक्रिया 4