+
+
Shares

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ लिएका छन्।
  • उपाध्यायले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रसमक्ष सपथ लिएका हुन्।
  • बैंकको २४ औं वार्षिक साधारण सभाले १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

२४ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ लिएका छन् । बैंकको हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट उपाध्याय अध्यक्षमा निर्वाचित भएका थिए ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम बुधबार उनले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।

सोमबार सम्पन्न बैंकको वार्षिक साधारणसभा मार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?