+
+
Shares

महालक्ष्मी विकास बैंक र रोटरीबीच शिक्षा तथा साक्षरतामा सहकार्य

सम्झौता अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोटरी क्लबमार्फत सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकास सम्बन्धी परियोजनामा वित्तीय सहयोग गर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते २०:०४

१२ असोज, काठमाडौं । महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरता क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोटरी क्लबमार्फत सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकास सम्बन्धी परियोजनामा वित्तीय सहयोग गर्ने छ ।

सम्झौता अनुसार सामुदायिक तथा सार्वजनिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी परियोजना र कम्प्युटर ल्याब स्थापना लगायत कार्यक्रम सञ्चालन गरिने छ ।

त्यस्तै आधारभूत शिक्षा तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्द्रित अन्य परियोजनामा समेत बैंकले सहकार्य गर्ने जनाएको छ ।

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

बैंकका अनुसार रोटरीसँगको सहकार्यले सामुदायिक तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता र डिजिटल पहुँच सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि बैंकले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?