+
+
Shares

नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको सहभागिता

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालक्ष्मी विकास बैंकले भदौ १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा जारी १८ औं नाडा अटो शोमा सहभागिता जनाएको छ ।
  • बैंकले सवारी कर्जा सम्बन्धमा परामर्श, सहजीकरण र समन्वय गर्ने तथा प्रशासनिक शुल्कमा विशेष छुट दिने जनाएको छ ।
  • बैंकको भदौ महिनाको आधार दर ५.६४ प्रतिशत रहेको र स्टल नम्बर एन, हल नम्बर ०४ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

९ भदौ, काठमाडौं । मंगलबारदेखी भदौ १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८ औं संस्करणको नाडा अटो शोमा महालक्ष्मी विकास बैंकले पनि सहभागिता जनाएको छ । गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ ।

हाल विकास बैंकहरूमा सबैभन्दा प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको बैंकको दाबी छ । ‘प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गरिने छ’ बैंकले भनेको छ ‘भदौ महिनाको लागि बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ, जसको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकहरुले लिन सक्नेछन् ।’

महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहनेले स्टल नम्बर एन, हल नम्बर ०४ मा गई सम्पर्क गर्न सक्नेछन् । बैंकले विद्युतीय तथा अन्य निजी तथा व्यापारीक सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुको लागि सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्ने जनाएको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष सहभागिता जनाउँदै आएको छ । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफी लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?