+
+

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १८:४८

काठमाडौं । स्व. हिरा गिरी जेहेन्दार छात्रवृत्ति वीरगञ्जस्थित श्रीपुरमा रहेको कादमबरी एकेडेमीमा कक्षा १० मा अध्ययनरत जीवन राजवंशीलाई प्रदान गरिएको छ ।

विभिन्न सात वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित सो छात्रवृत्ति राजवंशीलाई प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंक सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुङ्‍गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई सो छात्रवृत्ति हस्तान्तरण गरेका हुन् ।

अध्यनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका सदस्य रुङ्‍गटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षाका लागि सहयोग गरिएको बताए ।

आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?