+
+
Shares

अस्ट्रेलियामा बेरोजगारी बढ्यो

बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार अर्थशास्त्रीहरूले दर ४.४ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी बढेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १५:४३

क्यानबेरा, ४ भदौ (रासस/सिन्ह्वा)। अस्ट्रेलियामा बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ। बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार अर्थशास्त्रीहरूले दर ४.४ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी बढेको हो।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार जुनदेखि जुलाईसम्म रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या १५ हजार ८०० ले घट्दा बेरोजगारको सङ्ख्या चार हजार २०० ले बढेको छ । जुलाईको बेरोजगारी दर सन् २०२१ को नोभेम्बरपछि उच्चमध्ये एक हो।

एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकका अनुसार जुलाईमा पुरुषको रोजगारी ११ हजार र महिलाको पाँच हजारले घटेको छ। आंशिक समय काम गर्ने महिलाको सङ्ख्या २२ हजारले घटे पनि पूर्ण समय काम गर्ने महिलाको सङ्ख्या १७ हजारले बढेको उनले बताए।

यस अवधिमा कुल काम गर्ने समय शून्य दशमलव छ प्रतिशतले घटेर एक अर्ब ९९ करोड घण्टामा झरेको छ‍‍। रोजगारीमा रहेका वा काम खोजिरहेका काम गर्ने उमेर समूहको सहभागिता दर पनि जुनको ६७ प्रतिशतबाट घटेर जुलाईमा ६६.९ प्रतिशतमा पुगेको एबीएसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?