+
+

महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटलबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १२:५३

काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरूको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्ने विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।

एनआईसी एसिया क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना –एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको महालक्ष्मी विकास बैंकले वितरण एजेन्टको रूपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरूको अधिकतम उपयोग गरी लगानीका अवसरहरूको थप विस्तार तथा विविधीकरण हुने लक्ष्यसहित यो समझदारी भएको बैंकको भनाइ छ ।

देशभर रहेका लगानीकर्ताहरूको एनआईसी एसिया डाइनामिक डेप्ट फन्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ ।

हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमशः देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिनेछ ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालय र करिब ७ लाख ग्राहक रहेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?