+
+

महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १४:२३

काठमाडौं । महालक्ष्मी विकास बैंकले सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्‍याली तथा सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको बैंकले जनाएको छ ।

ग्लोबल मनी विक–२०२४ को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्ति विकास गराउने उद्धेश्यका साथ वित्तीय साक्षरता, प्रभातफेरि लगायतका कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा विद्यार्थी, स्थानीय युवा,  किसान, लघु, साना तथा मझौला उद्यमी, विप्रेषण प्रापक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमबाट करिब एक हजार जना व्यक्तिहरूलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवा, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?