+
+

रोमानिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १७:४७

१३ भदौ, काठमाडौं । रोमानिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक यवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-४ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्‍ने २० वर्षीया पुन माया श्रेष्ठ छिन् ।

उनले रोमानिया पठाइ दिन्छु भन्‍दै पीडितहरुबाट प्रतिव्‍यक्ति ६ लाखका दरले १७ लाख ७५ हजार रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?