+
+

नेप्सेमा सामान्य सुधार, कारोबार रकम १ अर्बमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १५:२३

१४ भदौ, काठमाडौं । लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको हो ।

लगातार तीन कारोबार दिनसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ वृद्धि भएको थियो । मंगलबार पनि नेप्से २.१९ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९९५.२१ अंकमा बन्द भएको छ ।

नेप्सेमा सामान्य सुधार हुँदा उपसूचकमा भने घटबढ देखिएको छ । बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, वित्त कम्पनी र बीमा उपसूचकमा गिरावट हुँदा विकास बैंक, लघुवित्त, उत्पादनमुलक लगायत उपसूचक भने बढेको छ ।

नेप्सेमा सुधार भए पनि कारोबार रकम भने घटेको छ । मंगलबार बजारमा २९ लाख १४ हजार ५०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ९५ लाख १७ हजारको कारोबार भएको छ । सोमबार १ अर्ब २६ करोड ६६ लाख १९ हजारको कारोबार हुँदा आइतबार २ अर्ब माथिको कारोबार भएको थियो ।

मंगलबार कारोबार भएकामध्ये नेपाल दूरसञ्चार कम्पनीको ९ करोड ५७ लाख ७२ हजारको सेयर किनबेच भएको छ । यस्तै ८८ प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको ६ करोड ३९ लाख १ हजारको कारोबार भएको छ ।

मंगलबार कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा ७४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १०५ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर छ । जसमध्ये अपरे हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक ८.४५ प्रतिशतले वृद्धि हुँदा नबिल ब्यालेन्स फण्ड ३ को इकाइ मूल्य ५.३२ प्रतिशतन र ग्लोबल आईएमई समुन्नती स्किम १ को इकाइमूल्य ३.४९ प्रतिशतले बढेको छ ।

यता वीन नेपाल लघुवित्त कम्पनीको सेयर मूल्य ४.७७ प्रतिशतले गिरावट भएको छ । यस्तै एनआईसी एशिया ग्रोथ फण्डको इकाइ मूल्य ४.०३ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?