+
+

आफ्नै भवनबाट काठमाडौं-१६ ले दिन थाल्यो सेवा

काठमाडौं महानगरपालिका वडा नम्बर-१६ ले शुक्रबारदेखि आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १७:४१

२८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-१६ ले शुक्रबारदेखि आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले चःमतीमा बनेको नयाँ प्रशासनिक भवनको शुक्रबार उद्घाटन गरेकी छिन् । उद्घाटनसँगै वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको हो ।

३० साउन २०७८ मा शिलान्यास भएको सो भवन ७ करोड ५३ लाख रुपैयाँमा गौरी पार्वती/के एन्ड के जी/रमिता जेभीले निर्माणको जिम्मा लिएको थियो ।

नवनिर्मित भवनको भूमिगत तलामा १० वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ् गर्ने क्षमता छ । ६ जना व्यक्ति अट्ने क्षमताको लिफ्टसहितको भवन अपाङ्गमैत्री हो  ।

महानगरका अनुसार भवन बाहिरबाट हेर्दा नेपाली परम्परागत शैलीको छ । भित्री सुविधा आधुनिक छन् । भवनको जमिन तलामा सहरी स्वास्थ्य क्लिनिक र दर्ता चलानी कक्ष राखिनेछ । पहिलो तलामा वडाध्यक्ष, वडासचिवसहित कर्मचारीको कक्ष हुनेछ भने दोस्रो तलामा वडा सदस्य र कर्मचारी कक्ष हुनेछन् ।

१ रोपनी ४ आना २ पैसा जमिनमा निर्माण भएको भवनमा सुविधा सम्पन्न बैठक कक्ष समेत रहेको छ ।

यसअघि वडा कार्यालय सोह्र खुट्टेस्थित स्थानीय एक क्लब भवनमा सञ्चालन हुँदै आएको थियो ।

यसैबीच उपप्रमुख डंगोलले स्व. मुकुन्द रिजालको पूर्ण कदको शालिक समेत अनावरण गरेकी छन् । रिजाल सोही वडाका वडाध्यक्ष थिए । पदमा बहाली छँदै उनको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?