+
+

गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध २८ असोजसम्म 

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ भदौ १४ गते १७:४५

१४ भदौ, काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ ।

सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ ।

उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

सरकारले १३ वैशाखको प्रतिबन्धलाई थप कसिलो बनाउँदै ३१ असारमा १४ भदौमा (४४ दिन ) सम्मका लागि प्रतिबन्ध थप गरेको थियो । यस बीचमा व्यवसायीहरुले महँगा मदिरा, महँगा गाडी, मोबाइल र १५० सीसी भन्दा माथिका मोटरसाइकलको आयात खुलाउन सकारलाई दबाव दिंदै आएको थियो ।

विलासी वस्तुको आयात तत्काल खोल्न प्रधानमन्त्री राजी नभए पछि प्रमुख विलासी वस्तुको आयातलाई यथावत राख्दै अन्य ६ वस्तुको आयात प्रतिबन्ध भने हटाउने निर्णयमा सरकार पुगेको हो ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?