+
+

फिल्मफेयर अवार्ड : ‘शेरशाह’ सर्वोत्कृष्ट फिल्म, अभिनेतामा रणवीर सिंह र अभिनेत्रीतर्फ कृति सेनन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते ११:२७

काठमाडौं । बलिउडको प्रतिष्ठित फिल्मफेयर अवार्डको ६७ औं संस्करणको विजेता घोषणा गरिएको छ । जसमा फिल्म ‘८३’बाट रणवीर सिंह सर्वोत्कृष्ट अभिनेता र ‘मिमी’बाट कृति सेननले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड उचाले ।

यस वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड सिद्धार्थ मलहोत्रा स्टारर फिल्म ‘शेरशाह’लाई प्रदान गरियो । उत्कृष्ट गीत लेखनको अवार्ड कौसर मुनिरले प्राप्त गरे ।

बेस्ट लिरिक्सको अवार्ड पहिलोपटक महिलालाई दिइएको हो । सर्वोत्कृष्ट फिल्म ‘शेरशाह’ले परमवीर चक्र विजेता क्याप्टेन विक्रम बत्राको कथा भन्छ । विक्रमले पाकिस्तानसँग भएको युद्धमा कारगिलमा महत्वपूर्ण योगदान दिएका थिए ।

‘शेरशाह’मा क्याप्टेन विक्रमको रोल सिद्धार्थ मलहोत्राले निर्वाह गरेका थिए । यो फिल्ममा कियारा आडवाणी उनकी प्रेमिका डिम्पलको भूमिकामा देखिएकी थिइन् ।

फिल्म ‘सरदार उधम’बाट विक्की कौशलले क्रिटिक्स एक्टर अवार्ड जिते । ‘९९ सङ्स’बाट एहान भट्ट डेब्यु अभिनेता र शरवरी बागले ‘बन्टी और बबली २’ बाट डेब्यु अभिनेत्रीको अवार्ड जितिन् ।

क्रिटिक्स बेस्ट एक्ट्रेस विधा चाहिं फिल्म ‘शेरनी’बाट विद्या बालनले जितिन् । ‘८३’ फिल्मको गीत ‘लहरा दो’ उत्कृष्ट गीत बन्यो । यसपटकको फिल्मफेयरमा शेरशाह र सरदार उधम फिल्मको दबदबा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?