+
+

दम्पत्तिको उचाइमा ३ फिटको अन्तर, अमेरिकी जोडीले बनायो विश्व कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १२:०२

काठमाडौं । पति र पत्नीबीचको शरीरको उचाइ कतिसम्म फरक हुन्छ होला ? अमेरिकामा चाहिँ एक दम्पत्तिको शरीरको उचाइमा झण्डै ३ फिटको अन्तर छ ।

योसँगै क्रिस्टी चान्डलर र सेनेक्का कोरसेट्टी विश्वमा सर्वाधिक उचाइ अन्तर भएका समलिंगी जोडीको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् ।

क्रिस्टीको उचाइ ५ फिट ११.७४ इन्च छ भने सेनेक्काको उचाइ जम्मा ३ फिट २.२९ फिट छ । यसरी उनीहरुको सरीरको उचाइँको अन्तर २ फिट ९.४४ इन्च छ । क्रिस्टी र सेनेक्का विवाहित जोडी हुन् र उनीहरु दुबैजना महिला हुन् ।

अमेरिकाको उटास्थित सेन्ट जर्ज सिटीमा बस्ने यो जोडी गिनिज बुकको प्रमाणपत्रधारी पहिलो एकल लिंगी जोडी हो ।

सेनेक्काको शरीरको उचाइ निकै कम हुनुको कारण उनी डायस्ट्रोफिक डिस्प्लाजिया नामक एक दुर्लभ वंशाणुगत रोगबाट पीडित छिन् । यो यस्तो रोग हो जसले हड्डीको सामान्य विकासमा असर गर्दछ ।

सन् २०२१ को जुन महिनामा बिहे गरेको यो जोडी शिक्षण पेशामा संलग्न छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?