
काठमाडौं । पतञ्जली आयुर्वेद र आईएमईबीच रेमिट्यान्स साझेदारी सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौं नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।
सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवर्द्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषिकुमार र आईएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरे ।
हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच मंगलबार दिल्लीमा उक्त समझदारी पत्र आदानप्रदान भएको हो ।
समझदारी पत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी रामदेवले यो साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने बताए ।
पतञ्जली समूहका बालकृष्ण आचार्यले नेपालका पतञ्जली केन्द्रहरूबाट पनि रेमिट्यान्स सेवा प्राप्त गर्न सकिने बताए ।
प्रतिक्रिया 4