+
+

नेप्से १.१० प्रतिशतले घट्यो, १ अर्ब १३ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १५:२५

१५ भदौ, काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से २१.९७ अंक (१.१० प्रतिशत) ले गिरावट भएर १९७३.३८ अंकमा बन्द भएको हो ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक २.४२ प्रतिशत र हाइड्रोपावर उपसूचक २.१७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.५३ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट हुँदा बुधबार पनि कारोबार रकम १ अर्बमा सीमित भएको छ । साताको पहिलो कारोबार दिन आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार १ अर्ब २६ करोडमा झरेको थियो भने मंगलबार तिजको दिन १ अर्ब १ करोडमा सीमित भयो ।

साताको चौथो कारोबार दिन बुधबार नेप्सेमा २९ लाख ९२ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १२ करोड ६२ लाख १८ हजारको कारोबार भएको छ ।

जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक १० करोड ७४ लाख ८४ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ६ करोड ४० लाख २४ हजार र राप्ती हाइड्रोपावरको ३ करोड २७ लाख ८९ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा १८७ कम्पनीको सेयर कारोबार हुँदा १६८ कम्पनीको सेयर मूल्य गिरावट भएको छ । १५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार कारोबार भएकामध्ये आरबीबी म्युचुअल फण्ड १ को इकाइ मूल्य १.९७ प्रतिशतले वृद्धि हुँदा नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्र २०७४ को मूल्य १.९४ प्रतिशतले बढेको छ । त्यस्तै उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य १.६१ प्रतिशतले वृद्धि भएको छ ।

यता हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य सर्वाधिक ६.८६ प्रतिशतले गिरावट हुँदा हपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयर मूल्य ५.२२ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ५.१९ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?