+
+

अष्ट्रेलियामा ‘ड्रिम फेष्ट’ आयोजना हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते ८:१४

१६ भदौ, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपाली म्युजिक फेष्टिबल ‘ड्रिम फेष्ट’ हुने भएको छ ।

आगामी सेप्टेम्बर २३ तारिख हुने कार्यक्रमलाई मार्कक्यु होम्सले आयोजना गर्दैछ भने इभेन्ट म्यानेज ड्रिम हाइट्सले गरेको छ ।

अष्ट्रेलियामा पहिला सानो सानो कार्यक्रम हुने गरेकोमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य नेपाली म्युजिक फेष्टिबल हुने आयोजकको दाबी छ ।

सन् २०१२ देखि अष्ट्रेलियाको विभिन्न कार्यक्रम गर्दै आएको ड्रिम हाइट्स इभेन्ट कम्पनीको दशौं वाषिर्कोत्सवको अवसरको उपलक्ष्यमा ‘ड्रिम फेष्ट’ हुन लागेको हो ।

यो कार्यक्रम सिड्नीको मोर पार्कस्थित होर्डेन पेभिलियनमा २३ तारिख शुक्रबार बेलुका ६ बजेबाट सुरु हुने जनाइएको छ ।

झण्डै ५५ सय जनाको क्षमता भएको होर्डेन पेभिलियनमा यसभन्दा पहिला इपीक क्लापटन, एसी/डिसी, निर्भाना, दीप पर्पललगायतले आफ्नो प्रस्तुती दिइसकेका छन् । त्यही हलमा ‘ड्रिम फेष्ट’ हुने भएकाले यसलाई महत्वका साथ लिइएको छ ।

ड्रिम हाइट्सले सिड्नीमा रहेका नेपाली समाजको चाहाना अनुसार कलाकारहरुलाई अष्ट्रेलियामा झिकाएर नेपालीहरुको मन जित्न सफल भइरहेको छ ।

१० वर्षको अवसर पारेर हुने म्युजिकल फेष्टिबलमा नेपालका युवा गायक तथा कलाकार सुशान्त केसी, समीर श्रेष्ठ, र्‍यापर  योद्धा र लोकप्रिय ब्याण्ड एलबाट्रसको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

‘ड्रिम फेष्ट’लाई अझै मनोरञ्जनात्मक बनाउनका लागि सिड्नी मै आधारित फाल्चा अष्ट्रेलिया नेपाली रेस्टुरेन्टको फुड स्टल राखेर नेपाली स्वाद पनि चखाउने जनाइएको छ भने कार्यक्रमलाई ग्रेस इन्टरनेशनल एजुकेशन तथा माइग्रेसनले साथ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?