+
+

काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको तयारी पूरा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १३:४७
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर ।

७ भदौ, काठमाडौं । नेपाल फुटबल संघ (एन्फा)ले भदौ २१ देखि असोज ३ सम्म काठमाडौंमा हुने छैटौं साफ महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । एन्फाले पत्रकार सम्मेलन गरेर सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगिता आयोजनाका लागि ३ करोड, ४७ लाख ६७ हजार ६८० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता आयोजनाका लागि दक्षिण एसियाली फुटबल फेडेरेसनले २ लाख ५० हजार डलर प्रदान गरेको छ ।

बाँकी रकम एन्फाले आफ्नो श्रोतबाट जुटाउने साफ आयोजक समितिका संयोजकसमेत रहेका एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए ।

प्रतियोगिताको समूह एमा नेपाल, श्रीलंका र भुटान छन् भने समूह बी मा भारत, पाकिस्तान, वंगलादेश र माल्दिभ्स छन् । प्रतियोगिताका लागि भुटान र पाकिस्तानको टिम यसअघि नै नेपाल आइसकेका छन् । बाँकी टिम आइतबारसम्म नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगिताको पाँच संस्करणमा नेपालल चारपल्ट उपविजेता बनेको छ । नेपालले यसपल्ट उपाधि जित्ने लक्ष्य लिएको छ । यसअघिका पाँचै संस्करणको उपाधि भारतले जितेको थियो ।

टिकट मूल्य ३ सय र ५ सय

प्रतियोगिता हेर्ने दर्शकले साधारण प्यारापिटतर्फ ३ सय र भीआईपी प्यारापिटतर्फ ५ सय रुपैयाँको टिकट लिनु पर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो टिकट मुल्य एन्फाको कार्यसमिति बैठकले यसअघि नै तय गरेको हो ।

प्रतियोगिताका सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् । रंगशालाको साधारणतर्फ ९ हजार र भीआईपीतर्फ ३ हजार सिट क्षमता छ ।

एन्फाले टिकेटिङसहित ब्रोडकास्टिङ र मार्केटिङ अधिकार यसअघि नै भारतीय कम्पनी हन्ड्रेड स्पोर्टस म्यानेजमेन्ट प्रालिलाई बेचिसकेको छ । 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?