+
+

अर्थतन्त्रमा सहजता देखिँदैछ : गभर्नर महाप्रसाद अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १८ गते १२:१६

१८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा पछिल्लो मङ्सिरयता सहजता देखिन थालेका छन ।

तर, जोखिम कम नभएको भन्दै उनले राष्ट्र बैङ्कले सजगता भने नहटाएको बताए । शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं वार्षिक साधारणसभामा बोल्दै उनले सोही अनुसार आयातमा केही वस्तुको कडाइ कायम रहेको बताए ।

बाह्य क्षेत्रमा जोखिम कम नभएको भन्दै उनले अवस्था सामान्य बनेसँगै आयात पूर्णतया खुला हुने बताए ।

पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रुपमा बढ्दा संसारभरका अर्थमन्त्री र गभर्नर दबाबमा रहेको उनले उल्लेख गरे । नेपालमा समेत मूल्यको दबाब तथावत रहेको उनको भनाइ छ ।

उनले तरलता सुधारका उपायसमेत सुझाए । ‘तरलताको कुरा कहिले हट्ला भन्ने प्रश्न सोधिन्छ,यो बाह्य क्षेत्रका कारणले समस्या आयको हो’ उनले भने, ‘आन्तरिक रुपमा पैसा त जसले ऋण लिनुभएको छ, उहाँहरुसँगै छ नि, तरलता अभाव समाधान हुन बिपोपिको अवस्था सुधार हुनुपर्छ ।’

सरकारको खर्च बढाउँदा, कम्पोनेन्ट निजी क्षेत्रले ऋण तिरिदिएको तरलताको अभाव सुधार हुँदै जाने उनको भनाइ छ । यसमा बैङ्करले पनि अनुशासनमा बस्नु पर्ने र हतारिन नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?