+
+

गोर्खा सैनिकको कथामा आधारित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को विशेष शो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १३:०९

काठमाडौं । भिक्टोरियन क्रस प्राप्त गर्ने पहिलो गोर्खा सैनिक कुलवीर थापाको जीवनीमा आधारित फिल्म गोर्खा : बिनिथ द ब्रेभरी’को काठमाडौंमा विशेष शो गरिएको छ ।

खुकुरी रमको प्रायोजनमा भएको विशेष शोमा फिल्मका मुख्य कलाकार समीर गुरुङ, गौमाया गुरुङ र स्टुअर्ट वाल्करका साथै कुलवीर थापाका छोरा, बुहारी तथा नाति समेत उपस्थित थिए ।

भदौ २४ गतेदेखि प्रदर्शनमा आउने फिल्मले जर्मनीसँगको युद्धमा थापाको बहादुरीको कथा प्रस्तुत गर्छ । सन् १९१५ सेप्टेम्बर २५ मा ब्रिटिश सेनाहरूले फ्रान्सको लुइसमा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर उनी बाँच्न सफल भए । घाइते भएको भोलिपल्टै २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो ।

निर्देशक प्रदीप शाहीले फिल्ममार्फत आफ्नो कथा आफैंले भन्ने कोसिस गरेको बताए । जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्धाञ्जली दिन फिल्म निर्माण गरेको उनको भनाइ छ ।

साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माता छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन र अश्रूति पटेलको कला निर्देशन रहेको छ ।

नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको बेलायत, अमेरिका, ब्रुनाई, सिंगापुर र अस्ट्रेलियामा स्क्रिनिङ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?