+
+

एकीकृत समाजवादीमा २१ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १८:५०

२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरिएको छ ।

उपाध्यक्ष बेदुराम भुसालले वरिष्ठ नेता सहित जम्बो पदाधिकारी बनाउने प्रस्ताव गरेका हुन् । प्रस्तावअनुसार, उपाध्यक्ष र सचिव ७/७ जना हुनेछन् ।

उपमहासचिव ४ जना बनाउने प्रस्ताव गरिएको छ । अहिले एकीकृत समाजवादीमा तीन जना उपमहासचिव छन् । तर विधान संशोधन गरी थप एक जना उपमहासचिव थप गर्ने प्रस्ताव गरिएको छ ।

यसरी अध्यक्ष र महासचिव जोड्दा २१ सदस्य हुनेछ । अहिले अभ्यासमा रहेको सम्मानित नेताको व्यवस्था भने हटाइएको छ । नेकपा एमालेबाट अलग भएर पार्टी बन्दा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सम्मानित नेताको पद दिइएको छ ।

केन्द्रीय समितिको संख्या चाहिँ घटाउने प्रस्ताव गरिएको छ । संशोधित विधान बमोजिम १९९ सदस्यीय केन्द्रीय समिति हुनेछ भने २५ सदस्यीय स्थायी कमिटी बन्नेछ ।

एकीकृत समाजवादीमा अहिले साढे तीन सय हाराहारी केन्द्रीय सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?