+
+

त्रिवि सेवा आयोगको सदस्यमा अजय भट्टराई नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १८:४६

२ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सेवा आयोगको सदस्यमा प्रा. डा. अजय भट्टराई नियुक्त भएका छन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा बनेको समितिले सिफारिस गरेअनुसार कुलपति पुष्पकमल दाहालले भट्टराईलाई नियुक्त गरेका हुन् ।

नियुक्तिपछि भट्टराईले बुधबार नै पदबहाली समेत गरिसकेका छन् । त्रिवि सेवा आयोगको सदस्य पद गत मंसिरदेखि रिक्त थियो ।

भट्टराई महेन्द्र मोरङ क्याम्पस, विराटनगरको रसायन विज्ञान विभागका विभागीय प्रमुख समेत हुन् ।

सिफारिस समितिले १८ चैतमा खुला प्रतिस्पर्धाको लागि आवेदन माग गरेर छनोट तथा सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?