+
+

महेश बस्नेतसँग भिड्न माओवादीले पठायो वाईसीएल इञ्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते २०:१०

२० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र भक्तपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले भक्तपुर–२ मा वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई एकल रुपमा सिफारिस गरेको छ ।

यो नेकपा एमालेका नेता महेश बस्नेतको क्षेत्र हो । एमालेनिकट युवा संघको पूर्व अध्यक्ष समेत रहेका बस्नेतले यो क्षेत्रमा चुनाव जित्दै आएका छन् ।

भक्तपुर–१ बाट सुरेश न्यौपानेलाई एकल रुपमा सिफारिस गरेको छ ।

माओवादी केन्द्र भक्तपुर जिल्ला समन्वय समितिका संयोजक सुनिल गोठेका अनुसार प्रतिनिधिसभा १ को प्रदेशसभा ‘ख’ मा सुनिल गोठे र प्रतिनिधिसभा २ को ख मा दिलीपकुमार प्रजापति सिफारिस भएका छन् ।

बाँकी रहेका प्रदेशसभामा धेरै दावेदार रहेकाले सहमतिमै एकल उम्मेदवार सिफारिस गर्ने प्रयास भइरहेको गोठेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?