+
+
आम चुनाव २०७९ :

मोरङका ६ क्षेत्रमा ठूला दलका को-को सिफारिस ?

हरि अधिकारी हरि अधिकारी
२०७९ भदौ २१ गते १४:२८

२१ भदौ, विराटनगर । ठूला तीन दलले मोरङमा उम्मेदवारहरुको नाम सिफारिस गरेका छन् । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेका हुन् ।

माओवादी केन्द्रले ४ वटा क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एमालेले तीन र नेपाली कांग्रेसले एक क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेका छन् ।

मोरङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले तीन जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले क्षेत्र नम्बर १ बाट कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बु, रामप्रसाद पोखरेल, आरती बराल, जयधर्म आचार्यको नाम सिफारिस भएको छ । माओवादी केन्द्रले प्रेम लिम्बूलाई उम्मेदवार सिफारिस गरेको छ ।

यस्तै नेकपा एमालेले पूर्व उपसभामुख डा.शिवमाया तुम्बाहाम्फे, वर्तमान सांसद् घनश्याम खतिवडा, प्रदेश कमिटी सदस्य राजेन्द्र पौडेल, अग्नि भट्टराई र रुद्रबहादुर तामाङको नाम सिफारिस भएको हो ।

क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले डाक्टर मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस गरेको छ । नेकपा एमालेले ऋषिकेश पोखरेलको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले गणेश उप्रेतीको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ३ मा नेकपा एमालेले भानुभक्त ढकालको एकल नाम सिफारिस गरेको छ । सो क्षेत्रबाट नेपाली कांग्रेसले डा. सुनील शर्माको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले सावित्रीकुमार काफ्ले, खेम भट्टराई र खेम सुन्दासको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रले सांसद अमनलाल मोदीको एकल नाम सिफारिस गर्दा नेकपा एमालेले विनोद ढकालको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसले क्षेत्र नम्बर ४ बाट महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलिप गच्छदारको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रले वर्तमान सांसद शिवकुमार मण्डलको नाम सिफारिस गरेको छ । नेकपा एमालेले क्षेत्र नम्बर ५ मा जीवन विकास समाजका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल, मनोज अग्रवाल र राधा पासवान नाम सिफारिस भएको छ । नेपाली कांग्रेसले अमृत अर्याल र हसन अन्सारीको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ६ मा नेकपा एमालेले पूर्वमन्त्री तथा वर्तमान सांसद लालबाबु पण्डित, निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सनका पूर्वअध्यक्ष टिकाराम पुरीको नाम सिफारिस गरेको छ ।

मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसले संस्थापन इतरसमूहका नेता डा. शेखर कोइराला, डा. डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र कांग्रेस नेता शिवकुमार बस्नेतको नाम सिफारिस भएको छ । माओवादी केन्द्रले भने क्षेत्र नम्बर ६ बाट हेमबहादुर कार्की, नवीन पौडेल र शिवकुमार कार्कीको नाम सिफारिस गरेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?