+
+

नुवाकोट १ मा माओवादी केन्द्रबाट हितबहादुर तामाङ सर्वसम्मत सिफारिस

रासस रासस
२०७९ भदौ २१ गते १३:५९

२१ भदौ, नुवाकोट । आगामी मङ्सिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) नुवाकोटले सर्वसम्मतरुपमा चार जनाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट हितबहादुर तामाङ, प्रदेशसभा ‘क’ बाट राधिका तामाङ, ‘ख’ बाट पुष्प लामिछाने सिफारिस भएका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘क’ बाट रामप्रसाद ढुङ्गानाको नाम पनि सर्वसम्मतरुपमा सिफारिस भएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्ष तर्फबाट केशवप्रसाद पुडासैनी, सुभद्रा नेपाल र माधवप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठकबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट समानुपातिकतर्फबाट छ जनाको नाम सिफारिस गरिएको हो । सिफारिस हुनेमा विमला सुवेदी, श्रीकृष्णप्रसाद अधिकारी, शिव खाती, गमला श्रेष्ठ, जानुका धमला र रेखा भण्डारी रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को ‘क’ बाट छ जना र ‘ख’ बाट आठ जनाको नाम सिफारिस भएको हो । समानुपातिकतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फ विमला सुवेदी, राममायाँ बोगटी र कृष्ण आनन्द विकको नाम सिफारिस भएको छ । प्रदेशसभा ‘क’ बाट सात जनाको र ‘ख’ बाट पनि सात जनाकै नाम सिफारिस भएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?