+
+

रोजगारीका लागि साना–साना व्यवसाय आवश्यक : श्रममन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १६:२२

१९ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोजगारीका लागि साना–साना व्यवसायमा जोड दिनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

‘आन्तरिक रोजगारी सिर्जना गर्न र दीगो विकासका लागि साना व्यवसायमा जोड दिन आवश्यक छ,’ उनले भने, ‘यसले आत्मनिर्भर र उद्यमशील नेपाली बनाउन ठूलो सहयोग गर्छ ।’

मन्त्री अर्यालले सीपमूलक व्यवसाय र तालिममा पनि सरकार लागेको बताए । ‘रोजगारी वृद्धिकै लागि श्रम मन्त्रालयले योजनासहित काम गरिरहेको छ,’ उनले भने ‘शिक्षा नीति र बजारको माग नमिलेकाले अहिलेको प्रविधियुक्त मागलाई परिपूर्ति गर्नेगरी काम गरिरहेका छौं ।’

मन्त्री अर्यालले सुरक्षित वैदेशिक रोजगारीका लागि पनि काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?