+
+

नेप्सेमा दोहोरो अंकको गिरावट, करोबार रकम ८२ करोड ६२ लाखमा सीमित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १५:४३

२२ भदौ, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.९७ अंक (०.६१ प्रतिशत) ले गिरावट भएर १९३९.८८ अंकमा बन्द भएको छ । आइतबार सामान्य सुधार भएको नेप्से त्यसपछिको लगातार तीन दिनसम्म घटेको हो ।

नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि अर्बबाट तल झरेको छ ।

यो सातामा बुधबार दोस्रो दिन कारोबार रकम १ अर्बबाट तल झरेको हो । आइतबार १ अर्ब ७ करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर करिब ९१ करोडमा झरेको थियो । तर, मंगलबार पुनः बढेर १ अर्ब १९ करोड पुगे पनि बुधबार पुनः गिरावट भएको हो ।

बुधबार नेप्सेमा २९ लाख ४३ हजार ७२९ कित्ता सेयर किनबेच हुँदा ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ५ करोड १५ लाख ६० हजारको कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख २९ हजारको कारोबार भएको छ ।

बुधबार बजारमा कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा १४७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ३१ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । बुधबार कारोबार भएकामध्ये सनराइज फर्स्ट म्युचुअल फण्डको इकाइ मूल्य ७.७२ प्रतिशतले वृद्धि हुँदा अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ६.३८ प्रतिशत र लक्ष्मी उन्नती कोषको इकाइ मूल्य ५.१० प्रतिशतले बढेको छ ।

यता प्राइम डिवेञ्चर २०८८ को मुल्य ५.८८ प्रतिशतले गिरावट हुँदा उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ५.०९ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ४.४५ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?