+
+

सेयर बजारका सबै सूचक झरे, नेप्से १९७२ अंकमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १५:२०

६ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक झरेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १९.५६ अंक झरेको छ । सो अंकको कमीपछि नेप्से १९७२ अंकमा कायम भएको छ । कुल २ अर्ब ९ करोडको कारोबार भएको छ । कुल २११ कम्पनीको मूल्य घट्दा २७ को बढ्यो भने ६ को स्ठिर रह्यो ।

बैंकिङ ०.४८, विकास बैंक १.४६, फाइनान्स ०.८५, होटल तथा पर्यटन १.०४, हाइड्रोपावर १.१६, जीवन बीमा ०.५१, उत्पादन १.५४, माइक्रोफाइनान्स १.७२, निर्जीवन बीमा ०.८७, अन्य १.२५ र ब्यापार समूह १.१७ प्रतिशत घटेका छन् ।

खानीखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.९ प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ६.२, मध्यभोटेकोशीको ५.७, पिपुल्स पावरको ५.५, जोशी हाइड्रोको ४.५, माइखोला हाइड्रोपावरको ४.३ प्रतिशत मूल्य बढ्यो ।

रुरु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । कम्पनीको संस्थापक तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि सकिएसँगै मूल्यमा गिरावट देखिएको हो । त्यस्तै गोर्खाज फाइनान्सको ९.३, सीवाईसी लघुवित्तको ६.१२ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?