+
+

२ हजार अंकभन्दा तल झर्‍यो सेयर बजार, सबै सूचकमा गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १५:१४

४ वैशाख, काठमाडौं । सेयर लगानीकर्ताले महत्त्वपूर्ण सपोर्टका रुपमा बुझ्दै आएको २ हजार अंकबाट पनि नेप्से परिसूचक ओर्लिएको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४.८१ अंक घटेर १९९१ अंकमा कायम भएको हो । २० फागुनयता नेप्से २ हजारमाथि रहँदै आएको थियो ।

कारोबार रकम जम्मा २ अर्ब १० करोडमा खुम्चिएको छ । अघिल्लो दिन २ अर्ब ७९ करोडको कारोबार भएको थियो । आज ४२ कम्पनीको मूल्य बढ्दा २ सयको घट्यो भने २ को स्थिर रह्यो । सबै समूहका सूचकहरु घटेका छन् । अन्य, माइक्रोफाइनान्स र हाइड्रोपावर समूहका सूचक १ प्रतिशतभन्दा धेरै घटे । बैंकिङ ४, विकास बैंक ७, फाइनान्स ९, होटल तथा पर्यटन १४, हाइड्रोपावर ३२, जीवन बीमा ५५, उत्पादन ३८, माइक्रोफाइनान्स ४७, निर्जीवन बीमा ७८, अन्य १८ र ब्यापार उपसमूह २३ अंक घटे ।

गोर्खाज फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । ग्रीन डेभलपमेन्ट बैंकको ५, दिव्यश्वरी हाइड्रोपावरको ४, इमर्जिङ नेपालको २.९ प्रतिशत मूल्य बढ्यो । रुरु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । यस कम्पनीको सेयरमा संस्थापक तथा प्रभावित स्थानीयको लकइन पिरियड सकिएपछि मूल्यमा उच्च गिरावट देखिएको छ । पोखरा फाइनान्सको ६.७, सीवाईसी लघुवित्तको ६.५, दोल्ती पावरको ५.६, जनउत्थान लघुवित्तको ५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, सर्वोत्तम सिमेन्ट र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?